कोरोना जितेर घर फर्किने क्रममा महिलाको मृत्यु

कोरोना जितेर घर फर्किने क्रममा महिलाको मृत्यु

चितनव । कोरोना जितेर डिस्चार्ज गर्ने तयारीमा रहेकी एक महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछ अस्पतालमा भर्ना भएकी उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारीमा रहेकै बेला चितवनको पुरानो मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

मृतक नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिकाकी ७५ वर्षीया रहेको अस्पतालले जनाएको छ । उनको मृत्युको विषयमा अस्पतालले छानविन तथा अनुसन्धान जारी राखेको छ ।उनको हेरचाहमा खटिएका दुई जना आफन्तहरुलाई पनि कोरोना पुष्टि भएको छ ।

उनीहरुको नवलपुर प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.