काठमाडाैं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएका बेला स्वास्थ्यकर्मी माथि भैरहेका अपमानित घटनाले मन छोएको रेखाथापाले बताएकी छन् ।
आजभोली दिनरात संक्रमितको सेवामा खटिएका सुरक्षाकर्मीहरुलाई हेप्ने, आफ्नो घरमा नआइज भन्ने गरेको घटनाले समाज कता गैरहेको छ भन्दै कलाकार थापाले आफ्नै ज्यान जोखिममा राखेर बिरामीलाई सेवा गर्ने सेवकहरुसँग यस्तो व्यवहार गर्नु कतिको उचित छ ? भनेकी छन् ।
नायिका रेखा थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दिनरात बिरामीको सेवामा खटिएका सुरक्षाकर्मीहरुलाई हामीले सम्मान गर्न आवश्यक रहेको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कोरोना संक्रमितलाई बहिष्कार गर्ने होइन, संक्रमक भाइरसबाट सचेत रहौं । संक्रमित व्यक्तिलाई हामी सबैले झन धेरै माया गरौं । भाइरस नसर्ने तरिकाले सम्मान र सद्भाव देखाऔं ।’
