भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोना जिते भनिएका वीरका डाक्टरको मृत्यु

कोरोना जिते भनिएका वीरका डाक्टरको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भए भनिएका वीर अस्पतालका चिकित्सक (प्यारामेडिक्स) कालु सिंहको मृत्यु भएको छ। अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए।

घरमै आराम गरिरहेका सिंह सोमबार राति अचानक पेट दुःख सुरु भएसँगै वीर अस्पतालमै भर्ना भएका थिए । उनको कोरोना संक्रमणको एक महिनासम्म वीर अस्पतालमा उपचार भएको थियो । नेपाल स्वास्थ्यकर्मी युनियनका उपाध्यक्ष समेत रहेका सिहको मुटुरोगका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.