भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल कम्युनिस्ट पार्टी दैलेखले विभिन्न ठाउँमा गर्यो राहत वितरण

नेपाल कम्युनिस्ट पार्टी दैलेखले विभिन्न ठाउँमा गर्यो राहत वितरण

दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका विभिन्न ठाउँमा वाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । आज ठाँटीकाँध गाउँपालिका बडानं ४ गैरेगाउँका टीकाराम कठायत, दान बहादुर कठायत, बल बहादुर नेपाली, लिला नेपाली, कर्ण बहादुर कठायत, रण बहादुर शाही र मन बहादुर विकलगायतलाई राहत वितरण गरेको हो ।

यस्तै आठबीस नगरपालिका वडा नं. १ सात्तलाका केशब नेपाली, कुल बहादुर विक, हर्क बि।क, माहादेव खनाल र चुर्कुलो बि।क त्यस्तै चामुन्डा विन्द्रासैनी नगरपालिका वडा नं. ७ लयाँटी बिन्द्रासैनीका जगतशाही, मोती शाही, जनक शाही, धिर बहादुर शाही र वडा नं. ९ का भुपेन्द्र शाहीलगायतका बीस घरधुरीका परिवारलाई राहत वितरण गरेको हो ।

पीडित परिवारलाई चामल, दाल तथा तेल वितरण गरेको नेकपा दैलेखले जनाएको छ । गत भदौ २ गते अविरल वर्षाका कारण दैलेखका विभिन्न ठाउँमा बाढी पहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । पार्टीमाथिको सत्तासिन नेकपाले लगाएको राजनैतिक प्रतिबन्धकाबीच पनि राहत वितरण गरेको हो ।

पीडित प्रत्यक परिवारलाई ३० केजी चामल, दाल र तेल वितरण गरिएको हो । यस्तै केहि समय अघि कोभिड–१९ संक्रमण बढ्न सक्ने भन्दै नेकपा दैलेखले जिल्लाका विभिन्न ठाउँमा सेनिटाईजर र मास्क वितरण गरेको थियो । राहत वितरणले जनता र पार्टीको सम्बन्ध थप प्रगाढ हुदै गएको नेकपा दैलेखका ईन्चार्ज दिपेन्द्रले बताए ।

 


Thali Mobile Pvt.Ltd.