भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कोरोना थप फैलिएपछि पेरुमा सङ्कटकालको म्याद थप

कोरोना थप फैलिएपछि पेरुमा सङ्कटकालको म्याद थप

लिमा, । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ । पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ । सङ्कटकाल आगामी अगस्ट १ देखि २८ दिनसम्म लागू हुने उल्लेख गरिएको छ । “देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको सङ्कटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,” सरकारी एक अधिकारीले भने ।

अघिल्लो हप्ता औसतमा ११ हजार मानिस दैनिक नयाँ सङ्क्रमित भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पेरुमा पछिल्लो एक दिनमा १४ हजार १८६ जना सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ । पेरुमा कोरोना भाइरसका कारण अहिलेसम्म ३८ लाख ७३ हजार ७०२ जना सङ्क्रमित र दुइ लाख १४ हजार १२० जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.