२६ जेठ २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म ६ अर्ब ३ करोड खर्च भएको बताएका छन् ।
प्रतिनिधिसभा सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले संघ, प्रदेश र स्थानीय सरकारबाट खर्च भएको विवरण प्रस्तुत गरेका हुन् ।
भएको खर्चमध्ये २ सय ७६ करोड स्थानीय तहबाट, प्रदेशको तर्फबाट १ सय ८ करोड र संघको तर्फबाट ६ सय ३ करोड खर्च भएको जिकिर गरे । यो खर्चमा ६ सय ४१ वटा पालिकाको खर्च मात्रै समावेश भएका र सबै पालिकाको खर्च जोड्दा अझै बढ्न सक्ने मन्त्री ढकाले बताए ।
सांसदहरुले कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्ब रुपैयाँ खर्चमा प्रश्न उठाएपछि मन्त्री ढकालले सरकारको तहगत खर्च विवरण प्रस्तुत गरेका हुन् । उनले सरकारी निकायबाट भएको खर्च प्रक्रिया पुरा गरेर जो सुकैले हेर्न सक्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी...
जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको...
काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो । अटेर गरेमा पाँच...