काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक सन्जाल ट्वीटरमार्फत् आफुलाइ संक्रमण भएको जानकारी दिए । शरीर दुख्ने समस्या देखिएपछि कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएको हो ।
होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’
