भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

क्वारेन्टीनमा विवाद, प्रमुख प्रशासकीय अधिकृत कुटिए

क्वारेन्टीनमा विवाद, प्रमुख प्रशासकीय अधिकृत कुटिए

२२ जेठ २०७७ बिहीबार, दैलख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्‍वारेन्टाइनमा बसेका मानिसले हातपात गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ को क्‍वारेन्टाइनमा बसेकाहरुले थापामाथि बुधबार आक्रमण गरेका हुन् । थापाको छाती र टाउकोमा चोट लागेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए । आक्रमण गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही दिनअघि भारतबाट आएर क्‍वारेन्टाइनमा बस्दै आएका उनीहरूको बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए । नाम मात्रकाे क्वारेन्टीन बनाएर खान वस्नमा नै समस्या उत्पन्न भएकाे र अाफुहरूले समस्या दर्साउदा उल्टै गफ दिएकाेले हातपात गरिएकाे क्वारेन्टीनमा बस्नेहरूले बताए ।

घर पठाउने तयारी गरिरहेका बेला क्‍वारेन्टाइनमा बस्दा खानपिनको उचित व्यवस्था नभएको भन्दै ४६ जनाले असन्तुष्टि जनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.