२२ जेठ २०७७ बिहीबार, दैलख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टाइनमा बसेका मानिसले हातपात गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ को क्वारेन्टाइनमा बसेकाहरुले थापामाथि बुधबार आक्रमण गरेका हुन् । थापाको छाती र टाउकोमा चोट लागेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए । आक्रमण गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनीहरूको बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए । नाम मात्रकाे क्वारेन्टीन बनाएर खान वस्नमा नै समस्या उत्पन्न भएकाे र अाफुहरूले समस्या दर्साउदा उल्टै गफ दिएकाेले हातपात गरिएकाे क्वारेन्टीनमा बस्नेहरूले बताए ।
घर पठाउने तयारी गरिरहेका बेला क्वारेन्टाइनमा बस्दा खानपिनको उचित व्यवस्था नभएको भन्दै ४६ जनाले असन्तुष्टि जनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...
हुम्ला । हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा...