भर्खरै : Sorry, your browser does not support inline SVG.

क्षेत्रीय प्रहरी उपप्रमुखको तालिबानी समूहको आक्रमणबाट मृत्यु

क्षेत्रीय प्रहरी उपप्रमुखको तालिबानी समूहको आक्रमणबाट मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा शनिबार तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा प्रान्तीय प्रहरी उपप्रमुखको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रवक्ता शाह मोहम्मद अरियनले सिन्ह्वासँग भने, “शनिबार बिहान प्रान्तीय राजधानी सारनको नजिकै गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी विछ्याइएको धरापमा पाक्तिकाका प्रान्तीय उपप्रमुख कर्नेल मोहम्मद आसिफ तोखीले साहदत प्राप्त गर्नुभएको छ भने केही प्रहरी घाइते भएका छन् ।” प्रहरीले याहा खिल जिल्लामा तालिवानी समूहको आक्रमण भएपछि थप बलसहित तोखी त्यसतर्फ जाने क्रममा उनीमाथि आक्रमण भएको हो ।

आक्रमणमा अन्य केही प्रहरी गम्भीर घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । शुक्रबार राति नै सुरक्षाकर्मी तालिवान समूहबीच कुन्दुजमा भएको अर्को एक झडपमा कम्तीमा १४ जना विद्रौही लडाकू मारिएका छन् ।रासस

 

 


Thali Mobile Pvt.Ltd.