भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

खाद्यान्न र ज्यामीको भाउ निर्धारण

खाद्यान्न र ज्यामीको भाउ निर्धारण

गलेश्वर । म्याग्दीको एक गाउँमा भेला हुने गाउँबासीले वर्षभरिका लागि खाद्यान्न र ज्यामीको भाउ निर्धारण गर्ने र वर्षभरी सोही भाउमा खरिद बिक्री गर्ने चलन अझै छ ।
उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपलिका–४ मा पर्ने दर्मिजा गाउँ परम्परा, रीतिरिवाज र स्थानीयवासीको एकताका कारण व्यवस्थित गाउँको रुपमा परिचित छ । कसैले गाउँभेलाबाट पारित भएको नियम उल्लङ्घन गरेर आँफूखुसी मूल्य निर्धारण गरी खरिद विक्री गरे गाउँलेहरुले कारबाही गर्ने गर्दछन् ।

हरेक वर्षको माघेसङ्क्रान्तिका दिन गाउँलेको भेलाले अर्को वर्षको माघेसङ्क्रान्तिसम्मका लागि गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी–मजदूरको ज्याला निर्धारण गर्ने गर्छ । गाउँ भेलाले पारित गरेको उक्त निर्णय विपरीत आफूखुशी गर्नेलाई सामाजिक बहिष्कारसम्मको कारबाही हुने गरेको सोही वडाका अगुवा तबहादुर शेरपुर्जाले बताउनुभयो । यस वर्षको माघे सङ्क्रान्तिमा पनि गाउँलेको भेलाले खाद्यवस्तुको भाउ र ज्याला मजदूरी गर्नेको ज्याला निर्धारण गरेको वडासदस्य धनबहादुर गर्वुजाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी रु १५०।,कोदो र धान रु २००।, जौ रु १५०।,गहुँ र उवा रु २००। मूल्य निर्धारण गरिएको छ ।

यसैगरी भटमास प्रतिपाथी रु ४००।, फापर रु १५०।, सिमी रु ६००।, आलु र पीडालुरु १५०। का साथै बेसार प्रतिमाना रु १५०। र रक्सी जम्बो बोतललाई रु १३०। निर्धारण गरिएको छ ।
त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति रु ७००।, हल गोरु ज्याला रु एक हजार, साधारण खेताला ज्याला रु ५००।, इलेक्ट्रिसियन ज्याला रु ८००, सिकर्मी ज्याला रु ८००।, सिमेण्ट प्लाष्टर प्रतिव्यक्ति रु ८०० निर्धारण गरिएको छ । त्यस्तै लोकल मह र घिउ प्रतिमाना रु ६००। र दाउरा काट्ने खेतालाको ज्याला रु ५००। निर्धारण गरिएको वडासदस्य गर्बुजाले बताउनुभयो । गाउँमा उत्पादन हुने र बाहिरबाट आयत गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी भएको वडाअध्यक्ष रुकबहादुर गर्वुजाको भनाइ थियो ।

 


Thali Mobile Pvt.Ltd.