भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

खाद्य अभावका ‘हटस्पट’ अफगानिस्तान र पाकिस्तानमा विश्वकै बन्ने

खाद्य अभावका ‘हटस्पट’ अफगानिस्तान र पाकिस्तानमा विश्वकै बन्ने

एजेन्सी । दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको सङ्कट बढ्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । आर्थिक एवं राजनीतिक सङ्कट गहिरिँदै जाँदा अफगानिस्तान र पाकिस्तानमा विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको हो । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले दुई देशमा खाद्य असुरक्षा बढिरहेको र आउँदो दिनमा अझ चर्किने सम्भावना रहेको चेतावनी दिइएको छ ।

पाकिस्तानमा अघिल्लो वर्षको बाढीबाट कृषि क्षेत्रमा भएको व्यापक क्षति र राजनीतिक एवं आर्थिक सङ्कटले खाद्य असुरक्षा बढाएको जनाएको छ । प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, इथियोपिया, केन्या, प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा सिरिया र म्यानमारलाई पनि खाद्य अभावको उच्च जोखिम रहेका देशका रुपमा चित्रण गरिएको छ ।

खाद्य सुरक्षासम्बन्धी एफएओ र डब्ल्यूएफपीले संयुक्त रूपमा प्रकाशित गरेका पछिल्लो प्रतिवेदनमा पाकिस्तान र अफगानिस्तानमा खाद्यान्नको सञ्चिति घट्दै गएको, दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको राजनीतिक प्रणाली, तालिबान सत्तामा आएपछिको अवस्था, विषम भूगोल एवम् जलवायु परिवर्तन लगायतका कारण खाद्य सङ्कट बढ्ने भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.