भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
उहाँले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याउनुभएको छ ।

यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी हुुनुभएका छ । उहाँका प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी० का शक्तिसिंह ऐडीले ८५० मत ल्याउनुभएको थियो ।

यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही ४६९, वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल९२६०, वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा २७१, वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही ९निर्विरोध० र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही ४९२ मत ल्याएर निर्वाचित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.