भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
उहाँले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याउनुभएको छ ।

यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी हुुनुभएका छ । उहाँका प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी० का शक्तिसिंह ऐडीले ८५० मत ल्याउनुभएको थियो ।

यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही ४६९, वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल९२६०, वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा २७१, वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही ९निर्विरोध० र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही ४९२ मत ल्याएर निर्वाचित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.