भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा

तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा

वीरगञ्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा वीरगञ्ज महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका छन् ।जिल्लाका विभिन्न पालिकामा १६ दलको तर्फबाट उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको सङ्ख्या कम रहेको छ । विसं २०७४ निर्वाचनपछि जिल्लामा ५७ हजार ६२४ मतदाता थपिएका छन् । हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पूरुष र १६ अन्य गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् । विसं २०७४ मा एक लाख २० हजार ९११ महिला, एक लाख ५९ हजार २८६ पुरुष र १५ अन्य गरी कूल दुई लाख ८० हजार २१२ मतदाता थिए ।विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ८१ प्रतिशत मतदान भएको थियो भने ०।४० प्रतिशत मत बदर भएको थियो । जिल्लामा आशन्न स्थानीय तहको निर्वाचनमा एक ६७ वटा मतदातस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.