भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गर्डर मेसिन माथिबाट खस्दा भारतमा डेढ दर्जन कामदारको मृत्यु

गर्डर मेसिन माथिबाट खस्दा भारतमा डेढ दर्जन कामदारको मृत्यु

एजेन्सी । गर्डर मेसिन माथिबाट खस्दा भारतमा कम्तिमा डेढ दर्जन कामदारको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा सडकको पुल निर्माणका क्रममा उक्त मेसिन खस्दा डेढ दर्जन बढीको मृत्यु भएको हो । घटनास्थलबाट १७ वटा शव निकालिएको छ भने भग्नावशेषमा च्यापिएकाहरुको उद्धार कार्य जारी रहेको छ ।

मंगलबार बिहान भएको उक्त घटनामा थुप्रै कामदार घाइते भएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने समाचारमा उललेख छ ।
शिव सेनाका संस्थापक बालसाहेब ठाकरेको नाममा बनाइदै गरेको समरुद्धि महामार्ग मुम्बइदेखि नागपुर जोड्ने सात सय एक किलोमिटर लामो रहेको छ ।

महाराष्ट्रको ठाणे जिल्लास्थित समरुद्धि महामार्ग नामक द्रूतमार्गको पुल निर्माणका लागि गह्रौं खालका सामग्रीहरु माथि पु¥याउने क्रममा सय फिट माथिबाट मसिन खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.