भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै | ३१ जिल्लामा बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै |

गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला

गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको बताइएको छ । गल्फागाड गाउँका नागरिकलाई बिरामी हुँदा गाउँमा स्वास्थ्यचौकी नभएर एक घण्टाको पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा रहेको स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ ।स्वास्थ्यमा सामान्य खराबी आए पनि नजिकमा स्वास्थ्यचौकी नहुँँदा यहाँका नागरिकले समयमै उपचार नपाउने गरेको सिंह भण्डारीले बताउनुभयो ।

सिटामोलसमेत समयमै नपाउनुका साथै वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने र उपचार गर्न लैजान पनि गाह्रो हुने गरेको उहाँले बताउनुभयो ।यता गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराका अनुसार आफूलाई अहिलेसम्म गल्फागाड गाउँमा बिरामी भएको खबर नआएको बताउनुभयो । गाउँमा बिरामी भएको खबर आएको खण्डमा स्वास्थ्यकर्मी जाने अन्यथा नजाने उहाँको भनाइ थियो । गल्फागाड गाउँमा करिब ३० घरधुरी छन् ।

 


Thali Mobile Pvt.Ltd.