भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘गाउँ आएको बाटो’ इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

‘गाउँ आएको बाटो’ इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल २०२३ मा छनोट भएको छ । नवीन सुब्बाको निर्देशनमा बनेको उक्त चलचित्र सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने टोरन्टो फिल्म फेस्टिभलका लागि छनोट भएको हो ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतार चढावलाई नियाल्ने प्रयास गरिएको छ । यो चलचित्र सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो ।

भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको चलचित्र गाउँ आएको बाटोमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतको अभिनय रहेको छ ।

चलचित्र गाउँ आएको बाटो टोरन्टो फिल्म फेस्टिभलमा छनोट भएपछि निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै कलाकार, व्यवस्थापक, प्राविधिक लगायत चलचित्रमा आवद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ।

 


Thali Mobile Pvt.Ltd.