भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गुजरात सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि नहुने

गुजरात सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि नहुने

काठमाडौं । कोरोना भाइरस संक्रमितको सङ्ख्या भारतमा ह्वात्तै बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।

गुजरातमा जनवरी १० देखि हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भाइब्रेन्ट सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवालाई भारतबाट निमन्त्रणा आएको थियो । उक्त सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा दिएका थिए ।

देउवा जनवरी ९ मा गुजरात जाने कार्यक्रम तय भएको थियो । सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ताको कार्यक्रम पनि तय भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.