भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

गुर्जोरोपण तीव्र

गुर्जोरोपण तीव्र

काठमाडौँ । बागमती प्रदेश अन्तर्गतका जिल्ला सदरमुकाममा गुर्जोरोपण र यसबाट बनेको धुलो एवं चिया वितरण तीव्र भएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले सिन्धुपाल्चोक सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका, दोलखाको सदरमुकाम चरिकोट र काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा गरी करिब ७०० बिरुवा रोपिएको जानकारी दिए ।

गुर्जो रोपणलाई पछिल्लो समय जिल्ला सदरमुकाममा रहेका शिक्षालयमा रोप्ने अभियान तीव्र बनाइएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको जन जागृति माध्यमिक विद्यालय क्षेत्रमा करिब १०० बिरुवा रोपिएको छ । यसैगरी धुलिखेलस्थित सानो गोसाइँकुण्ड भनेर चिनिने नैमिषारण्य गुरुकुल परिसरमा ५० गुर्जोका बिरुवा रोपिएको छ ।

शिक्षालयलगायत ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा पनि गुर्जो रोपण गरिएको छ । चौतारा साँगाचोक गढी नगरपालिकाको साँगाचोकगढी एवं बच्छलादेवी मन्दिर परिसरमा पनि गुर्जो रोपण गरिएको छ । गुर्जो रोपणसँगै ती क्षेत्रमा गुर्जोको धुलो र चिया पति वितरण गरिएको छ ।

Mohotsav

Thali Mobile Pvt.Ltd.