गृहकार्य नपुगेकाे भन्दै ओली पक्षकाे स्थायी कमिटी बैठक स्थगित

गृहकार्य नपुगेकाे भन्दै ओली पक्षकाे स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बिहान बोलाइएको स्थायी कमिटी बैठक केही गृहकार्य गर्नुपर्ने भएको भन्दै स्थगित गरिएको केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

हिजोको बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.