भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

‘घरधनीले अटेर गरेपछि डोजर चलाएर घर भत्काईए’

‘घरधनीले अटेर गरेपछि डोजर चलाएर घर भत्काईए’

दाङ । लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन थालिएको छ । सडक मिचेर बनाईएका घर टहरा हटाउन सूचना जारी गर्दा पनि घरधनीहरुले अटेर गरेपछि भत्काउन थालिएको हो ।

हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा डोजर चलाएर गाउँपालिका आफैले भत्काएको हो । अहिले सडक विस्तारको काम अघि बढिसकेको भन्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले राजमार्ग विस्तारमा सहज हुँदै गएको बताए ।

यसैबीच हुलाकी राजमार्गअन्तर्गत लमही नगरपालिका खण्डका घर टहरा पनि भत्काउने तयारी गरिएको छ । घरको अभिलेख लिने कार्य भइरहेको नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।

लमही बजार हुँदै कोलहीको बगइसोतासम्म सडक मिचेर बनाएका घर भत्काउनका लागि अभिलेख तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.