दाङ । लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन थालिएको छ । सडक मिचेर बनाईएका घर टहरा हटाउन सूचना जारी गर्दा पनि घरधनीहरुले अटेर गरेपछि भत्काउन थालिएको हो ।
हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा डोजर चलाएर गाउँपालिका आफैले भत्काएको हो । अहिले सडक विस्तारको काम अघि बढिसकेको भन्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले राजमार्ग विस्तारमा सहज हुँदै गएको बताए ।
यसैबीच हुलाकी राजमार्गअन्तर्गत लमही नगरपालिका खण्डका घर टहरा पनि भत्काउने तयारी गरिएको छ । घरको अभिलेख लिने कार्य भइरहेको नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।
लमही बजार हुँदै कोलहीको बगइसोतासम्म सडक मिचेर बनाएका घर भत्काउनका लागि अभिलेख तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
लुम्बिनी, २९ चैत । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति...
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम...
रूपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने...
नेपालगञ्ज । बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् ।कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका हुन् ।...