भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

घरायसी विवाद चर्किदा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

घरायसी विवाद चर्किदा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा । श्रीमानको कुटपिटबाट बिर्तामोड नगरपालिकामा श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।

राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको प्रहरी कार्यालयले जनाएको छ । कुटाइबाट गम्भीर घाइते उनको कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।

नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएका थिए । गए राति उनको मृत्यु भएको हो । घटनाबारे इप्रका अनारमनीले सुक्ष्म अनुसन्धान अघि बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.