भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गयो

चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गयो

काठमाण्डौ । जङ्गली हात्तीको आक्रमणबाट झापामा एक वृद्धाको ज्यान गएको छ । झापाको मेचीनगर नगरपालिका–१० मा सोमबार जंगली हात्तीको आक्रमणबाट एक जना बृद्धाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट ८० वर्षीया पन्नादेवी साहको ज्यान गएको झापा प्रहरीले जनाएको छ ।

झापामा छ दिनअघि जङ्गलमा च्याउ टिप्न गएका हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारको हात्तीको आक्रमणबाट ज्यान गएको थियो । चालु आर्थिक वर्षमा मात्रै हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

पूजा गर्न फूल टिप्न जाने क्रममा शाहलाई हात्तीले कुल्चेर मारेको वडा झापा प्रहरीले जनाएको छ । सिलगुढी घर भएकी शाह एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.