भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ । पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलाबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गर्नुभएको थियो । बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.