भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चिसो अझै बढ्ने

चिसो अझै बढ्ने

काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । यो बिहान ६ बजे मापन गरिएको न्यूनतम तापक्रम हो । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे र पौने ९ बजे न्यूनतम तापक्रम मापन गर्दै आएको छ । चिसो बढेकाले पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पहाडी क्षेत्रको मौसम आज आंशिक बद्ली हुने छ भने तराईका जिल्लामा दिउँसोको समयमा मौसम सफा रहने सम्भावना छ ।

यस्तै, काठमाण्डौमा पनि आज घाम लाग्ने अनुमान गरिएको छ । भोलिदेखि भने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली भइ त्यस क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

यो प्रणालीका कारण आउँदो दिनमा तापक्रम अझै घट्ने उहाँको भनाइ छ । पर्सि शनिवार बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । यो मौसमी प्रणालीका कारण पर्वतारोहण तथा यात्रा लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव लिएका छन्।

 


Thali Mobile Pvt.Ltd.