काठमाडौँ । शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक सकिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन ।बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन शुरू नहुँदासम्म मृत्यु भएका सांसद्हरुको शोक प्रस्ताव पारित भएको हो ।
पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।
