दाङ । चोरी तथा लुटपाटको आरोपमा दाङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ का २४ वर्षीय गणेश कुमार डाँगी पक्राउ परेका हुन । उनलाई घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट लुटपाट गरेको रकम, उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेका डाँगीले घोराही १३ का ४८ वर्षीय झुका रोका घोराहीबाट पैसा लिएर घरतर्फ जाँदै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।
