भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

छनौट चरणबाटै बाहिरियो रेन्जर्स फुटबल क्लब

छनौट चरणबाटै बाहिरियो रेन्जर्स फुटबल क्लब

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै स्कटल्याण्डको रेन्जर्स फुटबल क्लब बाहिरिएको छ । स्विडेनको माल्मो फुटबल क्लबसँग २–१ ले पराजित भएपछि रेन्जर्स प्रतियोगिताबाट बाहिरिएको हो । छनौट चरणका अन्य खेलहरुमा विजयी हुँदै नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभन, युक्रेनको शख्तर, फ्रान्सको मोनाको, पोर्चुगलको बेनिफीकालगायतका क्लबहरु अर्को चरणमा पुगेका छन् ।

युएफा च्याम्पियन्स लिगमा युरोपका ३२ टोलीले प्रतिस्पर्धा गर्दछन् । जसमध्ये २६ टोलीको टुंगो लागिसकेको छ भने बाँकी ६ वटा टोलीका लागि छनौट खेलहरु भईरहेका छन् । यसअघि अर्को स्कटीस क्लब सेल्टीक पनि च्याम्पियन्स लिगको छनौट चरणबाटै बाहिरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.