अल्जेरिया ।अफ्रिकी मुलुक अल्जेरियाको जंगलमा भीषण आगलागी कारण २५ सैनिक र १७ नागरिको मृत्यु भएको छ ।
आगलागी नियन्त्रणमा खटिएका सैनिकहरु र नागरिकको मृत्यु भएको हो । केही खाली बस्ती समेत आगोले नष्ट गर्नुका साथै हजारौं हेक्टर जंगल नष्ट भएको जनाइएको छ ।
हेलिकप्टर समेत परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । हाल त्यहाँको तापक्रम ४७ डिग्री पुगेको जनाइएको छ । आगलागीका कारण जंगल वरिपरिका बस्तीहरु खाली गरिएका छन् । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् ।

