जाजरकोट । छेडागाड नगरपालिकाले १५ श्यैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । पश्चिम जाजरकोटमा सेवा सञ्चालन भएपछि सर्वसाधारणले स्वास्थ्य सेवा पाउने भएका छन् ।
नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण गरी कामको शुरुआत गरिएको हो । सङ्घीय सरकारको एक करोड र थप नगरपालिको लगानीमा अस्पताल निर्माणको कार्य अघि बढेको नगरप्रमुख लालबहादुर महताराले बताए ।अब चिकित्सकीय विज्ञापन गरिने उनको भनाई छ ।
एक मेडिकल अधिकृत, दुई नर्ससहित १५ जनाको दरवन्दी कायम गरिएको छ । ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा ल्याउने भन्दै उनले स्थानीयवासी अब सदरमुकामको मुख ताक्नु नपर्ने बताए ।
