भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट मृत्यु

जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट मृत्यु

भक्तपुर । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा विहिबार स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो ।

बुधबार साँझ भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र उपचारका क्रममा आज मृत्य्ु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिनुभयो ।

कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । कुटपिटपछि फरार दुई व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.