भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द,बिरामी मर्कामा

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द,बिरामी मर्कामा

बैतडी। बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले एक्सरे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए ।

एक्सरे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए । यसअघि एक्सरे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धि पूर्ण ज्ञान नहुँदा एक्सरे सेवा बन्द गर्नुपरेको हो । उनले भने, “पहिले प्यारामेडिक्सले जसोतसो एक्सरे सेवा दिइरहेका थियौँ । तर एक्सरे मेसिनसम्बन्धी उनीहरुलाई पूर्ण ज्ञान छैन् । यो सम्बन्धी ज्ञान नहुँदा यसले झन स्वास्थ्यलाई हानी पु¥र्यउँछ । यसैले दक्षजनशक्ति पदपूर्ति नहुँदासम्म सोमबारदेखि सेवा बन्द गर्न बाध्य भएका हौँ ।’’

स्वास्थ्यको दृष्टिकोणले दक्षजनशक्ति बिना एक्सरे सेवा असुरक्षित रहेको र स्वास्थ्यलाई हानी गर्ने उनले बताए । उनले भने,“एक्सरे मेसिनसम्बन्धी ज्ञान नभइ सेवा दिँदा बिरामीलाई झन खतरा हुनजान्छ, एक्सरे मेसिन सञ्चालनका लागि रेडियो ग्राफर चाहिन्छ,रेडियो ग्राफरको पदपूिर्त नहुँदासम्म सेवा बन्द रहन्छ ।”

स्वास्थ्य केन्द्रमा जनशक्ति नहुँदा एक्सरे सेवा बन्द भएकोबारे स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको मेलौली नगरपालिका जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको आरोप लागेको छ । जनशक्ति पदपूिर्तका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि स्वास्थ्य जस्तो संवेदनशील ठाउँलाई कुनै चासो नदिएको डा केसीेको भनाइ छ ।

मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण चन्दले भने नयाँ आर्थिक वर्षको बजेटमा जनशक्ति थप्ने तयारी भएको बताए । उनले भने,“एक्सरे सेवा बन्द रहेकोबारे जानकारी प्राप्त भएको छ । तत्काल केही गर्न सकिने अवस्था देखिदैन्, नयाँ आवमा जनशक्ति थपेर स्वास्थ्य सेवालाई सहज बनाउँछौंँ ।” एक्सरे मेसिन बन्द हुँदा चोटपटक लागेका बिरामीलाई अन्यत्र जान बाध्य भएका छन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रमको समेत सूचीकृत स्वास्थ्य संस्था भएकाले बीमा गरेका नागरिकलाई समेत समस्या हुने गरेको छ ।स्वास्थ्य केन्द्रमा दैनिक ५र६ एक्सरे गर्नका लागि आउने गरेका भए पनि बिरामी सदरमुकाम, पाटन, डडेल्धुरा जान बाध्य भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.