भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन |

जर्मनीमा आर्थिक मन्दी सुरु, सरकारको खर्च गर्ने क्षमता ४ दशमलव ९ प्रतिशतले खुम्चियो

जर्मनीमा आर्थिक मन्दी सुरु, सरकारको खर्च गर्ने क्षमता ४ दशमलव ९ प्रतिशतले खुम्चियो

एजेन्सी । जर्मनीमा आर्थिक मन्दी सुरु भएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी सुरु भएको हो । लगाततार दुई वटा त्रैमासमा कुल गाहस्र्थ उत्पादमा गिरावट आयो भने मन्दीको रुपमा लिने गरिन्छ । जर्मनी अर्थमन्त्री क्रिस्टियान लिण्डरले देशको अर्थतन्त्रमा आश्चर्यजनक नकारात्मक संकेतहरु देखिएको बताएका छन् ।

सन् २०२३ को पहिलो तीन महिनामा जर्मनी अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको गिरावट आएको भए पनि त्यहाँको संघीय तथ्यांक कार्यालयले दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो । अमेरिकापछि जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको चीनमा जर्मनीका कारको निर्यात पनि २४ प्रतिशतले घटेको छ ।

आर्थिक मन्दी सुरु भएको घोषणाँंगै बिहीबार त्यहाँको शेयर बजारमा भारी गिरावट आएको छ । जर्मनीको मन्दीले सिंगो युरोप र अमेरिकासम्म असर गर्नसक्ने विश्लेषण गरिएको छ । आर्थिक मन्दी सुुरु भए पनि जर्मनीमा अहिले पनि महंगी दर ७ प्रतिशत माथि नै छ । सर्वसाधारणको आम्दानी नबढ्ने तर, महंगी दर उच्च रहने समस्याको समाधान खोज्नु चुनौतिपूर्ण रहेको अर्थविद्हरुको भनाइ छ ।

जर्मनीका पाँच जना वरिष्ठ अर्थविद्हरुले अर्थतन्त्र २ दशमलव २ प्रतिशतसम्मले खुम्चिने प्रक्षेपण गरिसकेका छन् । पछिल्लो त्रैमासमा जर्मन सरकारको खर्च गर्ने क्षमता ४ दशमलव ९ प्रतिशतले खुम्चिएको छ भने आम उपभोक्तको खर्च पनि घटेको छ ।

 


Thali Mobile Pvt.Ltd.