भर्खरै : Sorry, your browser does not support inline SVG.

जलेर बालिकाको मृत्यु

जलेर बालिकाको मृत्यु

ओखलढुङगा । आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् ।गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.