भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

‘जाइफल’ जोर्नी दुखाइको अचुक औषधि

‘जाइफल’ जोर्नी दुखाइको अचुक औषधि

चिसोको समयमा हाडजोर्नीको समस्या प्राय सबैलाई हुने गर्दछ । बढ्दो उमेरका मानिसहरुलाई क्याल्सियमको कमीका कारण जोर्नी बढी दुख्ने गर्छ । तर मानिसहरु यस्ता दुखाई कम गर्नका लागि विभिन्न औषधिको प्रयोग तथा पेनकिलरको सहायता लिने गर्छन ।

जोर्नी दुखाईको समस्याबाट छुटकारा पाउनका लागि आफ्नै किचनमा प्रयोग हुने बस्तुको प्रयोग गर्न सकिन्छ । त्यो औषधि हो जाइफल । जसको प्रयोगले जोर्नीको दुखाई सजिलै कम हुन्छ ।

जाइफलमा प्रचुर मात्रामा क्याल्सियम र फस्फोरस तत्व पाइने भएकाले हाडजोर्नीका लागि अति नै उपयोगी मानिन्छ । चिकित्सकका अनुसार विशेषगरी यसले हरेक किसिमको जोर्नी दुखाई कम गर्न मदत पुर्याउछ ।

यसको प्रयोग
र्वप्रथम जाइफललाई राम्रोसंग पिसेर पाउडर बनाउने । हरेक दिन बिहान मनतातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्डमा हाडजोर्नी दुखाईलाई कम गर्छ । यसका अतिरिक्त तिलको तेलमा जाइफलको पाउडर राखी हल्का मनतातो बनाई दुखेको ठाउँमा लगाउनाले यसबाट लाभ लिन सकिन्छ ।

औषधीय गुणहरूले भरपूर जाइफलले खाना पचाउँछ । भोक नलाग्ने समस्या हटाउँछ । पेटको रोग भगाउँछ र पाचक रस बढाउँछ । यसलाई घोटेर तातो पानीसँग पिउँदा छेरपटी, रुघा र खोकी निको हुन्छ ।

मरिच

मरिचले अनेकौं रोग पनि भगाउँछ । जाडोमा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट बचिन्छ । महमा मिसाएर खाँदा स्मरणशक्ति तीखो हुन्छ ।

सुकेको अदुवा

खानासँग सुकेको अदुवा प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, छेरपटी र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ । यसबाहेक नून, दही र मही मिसाएर खाँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ ।

तेजपात

तेजपातको सेवनले खोकी, कफ, ज्वरो, रुघा, पिसाब रोग, आन्द्रा सुन्नेको, टाउको दुखेको र रक्ताल्पता जस्ता रोग निको हुन्छ । तेजपात र सुकेको अदुवा काँढा बनाएर खाँदा रुघा र खोकी ठीक हुन्छ ।

 

 


Thali Mobile Pvt.Ltd.