जापान । जापानका झन्डै एक चौथाइ कम्पनीहरूले आफ्नो कारोबारमा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसिएल इन्टेलिजेन्सु एआई को प्रयोग गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म एक चौथाइ कम्पनीले कारोबारमा एआईको प्रयोग गरेका छन् भने ४० प्रतिशत कम्पनीले कुनै न कुनै रूपमा एआई प्रयोगको योजना बनाएका छन् ।
निक्केई रिसर्चले रोयटर्सका लागि गरेको सर्वेक्षणले जुलाई ३ देखि १२ सम्म ५ सय ६ वटा कम्पनीलाई विभिन्न प्रश्नहरू सोधेको थियो । सर्वेक्षणअनुसार झन्डै २४ प्रतिशत उत्तरदाताले पहिले नै आफ्नो व्यवसायमा एआई प्रयोग गरेको, ३५ प्रतिशतले एआई प्रयोगको योजना बनाइरहेको र ४१ प्रतिशतले कुनै योजना नभएको बताएका थिए । सर्वेक्षणका ६० प्रतिशत उत्तरदाताले कामदारको अभाव हटाउनका लागि एआईको प्रयोग गर्ने योजना बनाएको बताएका थिए ।
५३ प्रतिशतले श्रम लागत घटाउने र ३६ प्रतिशतले अनुसन्धान र विकासका लागि एआईको प्रयोग गर्ने योजना बनाएको बताएका छन् । तर एआई प्रयोग गर्दा प्राविधिक विशेषज्ञताको अभाव, खर्च धेरै र विश्वसनीयताको चिन्ता बढेको पनि देखिएको छ । १५ प्रतिशत उत्तरदाताले गएको वर्ष साइबर आक्रमण भएको गुनासो गरेका खबरमा उल्लेख छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । उच्च शिक्षा अध्यन गर्नबाट बञ्चित हुन नपरोस् भनेर भक्तपुर नगरपालिकाले विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१, ०८२ का लागि नगरभित्रका १५१ जना विद्यार्थीहरूलाई...
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ ।टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताए । टिकटक...
काठमाडौं । विश्वकै दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच अनौठो प्रतिस्पर्धा चलेको छ । यो प्रतिस्पर्धा भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारका लागि हो । भारत सरकारले ब्रोडब्यान्डका लागि...
काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । पुष्पकमल...