काठमाडौं । नेपाललाई जापान सरकारले नेपाललाई खोप सहयोग गरेको छ । जापान सरकारले एस्ट्राजनिकाको थप २ लाख ८७ हजार डोज खोप सहयोग गरेको हो । पहिलो चरणको ५ लाख १३ हजार डोज खोप नेपाल आइसकेको छ भने थप दुई लाख ८७ हजार डोज खोप आइतबार नेपाल आइपुग्ने भएको हो ।
एस्ट्राजेनेका खोप आएसंगै यसअघि कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरुलाई दोस्रो डोज दिन शुरु गरिने छ । बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

