भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जेठ १७ गते प्रधानमन्त्रीको भारत भ्रमण, नरेन्द्र मोदीसँग दिल्लीमा भेटवार्ता तय

जेठ १७ गते प्रधानमन्त्रीको भारत भ्रमण, नरेन्द्र मोदीसँग दिल्लीमा भेटवार्ता तय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । जेठ १७ गते भारत भ्रमणमा जाने तय भएको छ ।

भ्रमण जेठ १७ देखि २० गतेसम्म हुने स्रोतले बताएको छ । कुनै भवितव्य नपरे जेठ १७ गते नै भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने र १९ गते मुम्बई जाने छन् ।

२० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत वैशाखमै भ्रमणको तयारी गरेका तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण भ्रमणको मिति पछि सारिएको थियो ।

जेठ १५ गते बजेट सार्वजनिक भएलगतै १७ गते उनी भारत जाने तय भएको स्रोतले बतायो ।

 


Thali Mobile Pvt.Ltd.