काठमाडौँ । जेलभित्रै हत्यामा संलग्न अपराधीहरूलाईआममाफी दिएको भन्दै तरुण दलले आपत्ति जनाएको छ । अपराधीहरूलाई सरकारले प्रोत्साहन गरेको भन्दै तरुण दलले विरोध गरेको हो ।
अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपतिजस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसाजस्ता दानवीय प्रवृत्तिको ढाकछोप गर्ने र प्रोत्साहित गर्ने हर्कत भएको तरूण दलको भनाई छ ।
प्रजातन्त्र दिवसको बहाना बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका तीनजना हत्यारालाई काराबास सजाय छुट दिएको भन्दै विज्ञप्ति समेत निकालेको छ ।
