भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो

झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो

लन्डन, । राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ । विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई क्षतिपूर्तिस्वरुप ठूलो रकम तिर्नुपरेको छ भने उनीसमक्ष सार्वजनिक रूपमा क्षमा याचना गर्नुपरेको छ ।

राजकुमार विलियम र ह्यारीका पूर्वसुसारे टिग्गी लेगे–बोर्के भनेर चिनिने अलेक्जान्ड्रा पेटिफरको युवराज चाल्र्ससँग सम्बन्ध रहेको झूटा दाबीका निम्ति बिहीबार बिबिसीका महानिर्देशक टिम डेभीले लन्डनको उच्च अदालतमा उपस्थित भएर उनलाई पर्याप्त क्षतिपूर्ति तिर्न सहमति जनाउँदै माफी मागेका हुन् । पत्रकार मार्टिन बशीरले सन् १९९५ मा डायनाको अन्तर्वार्ता पाउन छलपूर्ण माध्यम प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो ।

बिबिसीको द्वेषपूर्ण दाबीप्रति आपत्ति जनाउँदै राजकुमार विलियम र ह्यारीले प्रसारण संस्थाको कडा आलोचना गरेका थिए । पेटिफरको गर्भमा युवराज चाल्र्सको भ्रुण रहेको त्यसलाई पछि पतन गराएकोलगायत झूटा आरोप लगाइएको थियो । पत्रकारितका साथै राजतन्त्रमा गम्भीर आघात पुग्ने गतल काम बशिरले गरेको जानकारी भएपछि उनलाई तत्काल बर्खास्त गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.