काठमाडौं । मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्दी श्रीलङ्कालाई भएको हो । नेपाल र श्रीलङ्काबीचको खेल भने यही मङ्सिर १७ गते हुने जनाईएको छ ।
पाँच टोली सहभागी खेलमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तानले सहभागीता जनाएका छैनन् । त्यसैगरी नेपालले मङ्सिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्ससंग खेल्नेछ । नेपालले अन्तिम खेल मङ्सिर २१ गते बङ्गलादेशसँग खेल्नेछ ।
राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यसैगरी महिला टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्ससंग खेल्नेछ । पोखरा रङ्गशालामा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...
काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ...
काठमाडौं । जापानलाई पराजित गर्दै नेपाल विजयी भएको छ । अन्तिम खेलमा ६७ रनले हराउँदै नेपाल विजयी भएको हो । हङकङमा जारी महिला टि–२० आई सिरिज अन्तर्गत निर्धारित ओभरमा...
काठमाडौं । दुबईको अल मख्तुम रंगशालामा बिहीबार सम्पन्न खेलमा फिफा विश्वकप एसिया कपको दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएई ४–० ले पराजित भएको छ। यूएईले सबै गोल पहिलो हाफमा...