भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

टोखामा व्यक्तिगत घटना दर्ता शुरु

टोखामा व्यक्तिगत घटना दर्ता शुरु

काठमाडौं । टोखा नगरपालिकामा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वयमा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वैशाख १ देखि १६ गतेसम्म टोखा नगरपालिकाभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“घटना दर्ता गर्न बाँकी रहेका टोखावासी आफ्नो वडा कार्यालयमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ अनिवार्यरुपमा दर्ता गर्नुहोला”, उहाँले भन्नुभयो । टोखा नगरपालिकाले व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता नगराउने नगरपालिकावासीलाई जरिवाना गर्नेसमेत जनाएको छ । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.