काठमाडौ । ४४ करोड रुपैयाँभन्दा धेरै हिनामिना र ठगी गरेको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ठगी आरोपमा सोमबार सुनधाराबाट तामाङलाई पक्राउ गरेको हो ।
उनीसँगै अन्य केही व्यक्तिहरु पनि पक्राउ परेका छन् । तामाङमाथि तत्कालीन सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना गरेको र निक्षेपकर्ताको बचतमा ठगी गरेको आरोप लागेको छ ।

