भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

डडेलोका कारण क्यानडामा ६८ हजार हेक्टर जमिनमा क्षति,ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा

डडेलोका कारण क्यानडामा ६८ हजार हेक्टर जमिनमा क्षति,ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा

काठमाडौं । डढेलो फैलिएको क्यानडाको ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा गरिएको छ । तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम छ ।

क्यानडाको पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेपछि त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । यलोनाइफलाई खाली गर्न दिइएको समयसीमा आधिकारिक रुपमा सकिएको बीबीसीले जनाएको छ । क्यानडा यसवर्ष डढेलोको सबैभन्दा खराब अवस्थामा छ ।

विज्ञहरूले तापमान र सुक्खालाई यसको मुख्य कारक मानेका छन् । प्रान्तीय प्रमुख डेभिड एबीले परिस्थिति खराब बनेको र अत्यन्तै चुनौतीपूर्ण स्थितिमा रहेको बताएका छन् । तीव्र गतिमा फैलिएको डढेलोले ६८ हजार हेक्टर जमिनमा क्षति गरेको छ । झण्डै ५ हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.