भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अमेरिकामा गर्भपतन गरेको भन्दै प्रेमिकाको गोली हानी हत्या

अमेरिकामा गर्भपतन गरेको भन्दै प्रेमिकाको गोली हानी हत्या

वासिङटन डिसी । अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन्। डलास प्रहरीका अनुसार २२ वर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो।

पक्राउ पुर्जीमा जनाइए अनुसार गोन्जालेज कोलोराडोमा लगभग ८०० माइलको यात्रापछि अघिल्लो साँझ फर्केका थिए। कोलोराडोमा गर्भावस्थाको कुनै पनि चरणमा गर्भपतन गर्न अनुमति दिइन्छ। टेक्सासमा मेडिकल इमर्जेन्सी नआएसम्म करिब छ हप्तापछि गर्भपतन गैरकानुनी छ। शपथपत्रमा भनिएको छ, ुसंदिग्ध व्यक्ति बच्चाका पिता भएको यो विश्वास गरिएको छ।

न्युयोर्क पोस्टका अनुसार आरोपितले गोन्जालेजलाई गर्भपतन गराउन चाहेका थिएनन्। प्रहरीका अनुसार पार्किङ स्थलको एक सर्भिलेन्स फुटेजमा, उक्त दम्पती बिहान ७स्३० बजे झगडा गरिरहेको देखिएको छ। प्रहरीका अनुसार भाग्नुअघि गोन्जालेजले आफ्नी प्रेमिकालाई गोली हानेपछि उनी भुइँमा लडेकी थिइन्। भुईँमा ढलेकी उनलाई प्रेमी भनिने गोन्जालेजले फेरि दोहोराएर आक्रमण गरेका थिए। न्यूयोर्क पोस्टका अनुसार गोन्जालेजको घटनास्थलमै मृत्यु भएको थियो।

 


Thali Mobile Pvt.Ltd.