भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

डाक्टरहरू आन्दोलनमा

डाक्टरहरू आन्दोलनमा

लन्डन । डाक्टरहरूको हडताल अन्त्य गर्ने प्रयासस्वरुप लाखौं सरकारी कर्मचारीहरूको तलब बढाउने प्रस्तावमा बेलायती सरकारले सहमति जनाएको छ । प्रधानमन्त्री ऋषि सुनकले प्रहरी कर्मचारीको तलब ७ प्रतिशत, शिक्षकको ६ दशमलव ५ प्रतिशत र कनिष्ठ चिकित्सकको ६ प्रतिशत तलबभत्ता बढाउने प्रस्ताव गरेको

तलब संशोधन निकायबाट आएको सुझावलाई सरकारले स्वीकार गरेको हो । यो प्रस्ताव अन्तिम भएको र तलबको विषयमा थप कुराकानी नहुने बेलायती प्रधानमन्त्री ऋषि सुनकले बताए । राज्य वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवाले अहिलेसम्मको सबैभन्दा लामो हडतालको सामना गरिरहेको छ

किनभने इङ्गल्याण्डका हजारौं डाक्टरहरूले तलबको मुद्दालाई लिएर हिजो देखि पाँच दिनको वाकआउट सुरु गरेका छन् । पोस्ट मेडिकल वर्षमा करियरको प्रारम्भिक चरणमा रहेका तथाकथित जुनियर डाक्टरहरूले बिहान ७ बजेदेखि हडताल सुरु गरेका हुन् ।

यी मध्ये धेरैले ३५ प्रतिशत तलब वृद्धिको लागि आफ्नो अडान लिन इङ्गल्याण्डका अस्पतालहरू बाहिर लाइन लगाएका छन ।

 


Thali Mobile Pvt.Ltd.