भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

डोमिनिकनमा विमान दुर्घटना ९ जनाको मृत्यु

डोमिनिकनमा विमान दुर्घटना ९ जनाको मृत्यु

काठमाडौं । डोमिनिकन रिपब्लिकमा निजी विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डोमिनिक रिपब्लिकको राजधानी सान्टो डोमिन्गोबाट अमेरिकाको फ्लोरिडाको लागि उडेको विमानमा समस्या आएपछि आपत्कालिन अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

‘ला इजाबेला’ एयरपोर्टबाट उडेको १५ मिनेटमै विमानमा समस्या आएपछि नजिकैको ‘लास अमेरिकाज’ एयरपोर्टमा अवतरणको प्रयास गरिएको थियो । सोही क्रममा दुर्घटना हुँदा ६ विदेशीसहित एक डोमिनिकन यात्रु र चालक दलका दुई सदस्यको निधन भएको वायुसेवा कम्पनी हेलीडोसा एभिएसन ग्रुपले जनाएको छ । मृतक ६ जना विदेशी यात्रुहरुको राष्ट्रियता र पहिचान खुलाईएको छ ।

 


Thali Mobile Pvt.Ltd.