डोल्पाका हिमालहरु सेताम्य, जनजीवन कष्टकर

डोल्पाका हिमालहरु सेताम्य, जनजीवन कष्टकर

डोल्पा । हिमाली जिल्ला डोल्पामा हिमपात भएको छ । भाइटीकाकै दिन उच्च हिमाली बस्तीहरूमा हिमपात भएको हो । मौसम बदलीपछि सोमबार बिहानैदेखि उपल्लो डोल्पा र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षासँगै हिमपात सुरु भएको छ ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ, धो, तिन्जे, छार्का, मुकोटलगायतका बस्तीहरूमा रातिदेखि हिमपात सुरु भएको शे–फोक्सुन्डो गाउँपालिका– ८ का अध्यक्ष निमा लामाले जानकारी दिए ।

बाग्लो हिउँ जमेका कारण उपल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरू सेताम्य हुनुका साथै जनजीवन कष्टर भएको वडा अध्यक्ष लामाले बताए ।

 


Thali Mobile Pvt.Ltd.