भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

तत्कालीन कर्णाली युरोपभन्दा धनी थियो : अध्यक्ष न्यौपाने

तत्कालीन कर्णाली युरोपभन्दा धनी थियो : अध्यक्ष न्यौपाने

कर्णाली, । कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको बताए । तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली र धनी राज्य भएको बताए । “यो जति समय चल्यो शक्तिशाली राज्य नै थियो । यो पूर्वकाठमाडौँ त्रिशूली नदी, उत्तरमा मानसरोवर, पश्चिममा लद्दाख र दक्षिणमा वाराणसीसम्म फैलिएको थियो”, उहाँले भन्नुभयो ।

मुलुकमा सबैभन्दा राम्रो भाषा खस भएको दाबी गर्दै अध्यक्ष न्यौपानेले आज पूर्वका मान्छे कर्णालीवासीलाई खस भनेर सम्बोधन गर्ने गरेको जनाउनुभयो । तत्कालीन समयमा कर्णालीले काठमाडौँलाई पनि आफ्नो काबुमा राख्ने गरेको इतिहास उल्लेख गर्नुभएको उहाँले भन्नुभयो, “उतिबेला जुम्लाको कला, संस्कृति, साहित्य र वास्तुकला काठमाडौँले सिक्ने गर्दथ्यो तर विसं १८४६ मा गोर्खालीले सिञ्जा राज्यमाथि गरेको आक्रमणले आज कर्णाली निकै पछि परेको छ ।”

उहाँले विश्वका चार सभ्यतामध्ये कर्णाली सभ्यता पनि एक भएको जनाउभयो । संसारको सबैभन्दा शक्तिशाली खस साम्राज्य कर्णाली हो । बाह्रौँ शताब्दीतिर युरोपभन्दा धनी कर्णाली खस सम्राज्यले देशलाई भाषा, संस्कृति र सभ्यता छोडेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “त्यो बेलाको शक्तिशाली कर्णाली खस राज्यले ८०० वर्ष शासन सञ्चालन गरेको थियो । यसले तिब्बतलाई सिक्का बनाउन सिकाउने गर्दथ्यो । कर्णालीको आफ्नै भाषा संस्कृति थियो र अहिले यो मुलुकभरि नै फैलिएको छ ।”

उहाँका अनुसार हिजोको दिने कर्णालीलाई राज्यको विभेदकारी नीति र व्यवहारका कारण आज माग्ने जस्तो बनाइएको छ । विशेषगरी लाम्रा संवाद दोस्रो संस्करणले तत्कालीन कर्णाली खस राज्य, सिञ्जा सभ्यतादेखिका ओझेलमा परेको संस्कृति, सभ्यता, संस्कार, वेषभूषा, रहनसहन, जीवनशैली र अभ्यासको खोज अनुसन्धान, अन्वेषण, उत्खनन, सम्वद्र्धन र संरक्षणमा सघाउने उहाँको भनाइ थियो । संवाद सञ्चालन समितिका संयोजक गुरुप्रसाद चौलागाईले कार्यक्रममा विचारको बहस तथा मन्थनअन्तर्गत ‘विद्धत प्रवचन’, ‘हाम्मा नेता, हाम्मो नीति’, ‘सभ्यताको साइनो, आखरको अलङ्कार’, ‘झरोबाट झलमल्ल गाउँ कसरी ,?’, ‘कोरोना कैठ र कथाहरु’ र ‘भुसको आगो’ लगायतका विषयमाथि व्यापक छलफल भएको जानकारी दिए ।

उहाँका अनुसार आजको सत्रमा सांस्कृतिक सम्वद्र्धनअन्तर्गत ‘दमाहाको रन्को’, ‘मागलको गुञ्जन’, ‘नाचको छमछम’, ‘स्वरको सङ्गम’ र ‘देउडाको घन्को’ शीर्षकमा बहस संवाद हुनेछ । आयोजक समितिका सदस्य लालप्रसाद चौलागाईंका अनुसार कार्यक्रममा मष्टो प्रथाअन्तर्गत चरण, धारु, ढाल, बालो नाच देखाइने कार्यक्रम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.