भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन |

तातोपानी नाका खुल्यो, १२ कन्टेनर नेपाल भित्रिए

तातोपानी नाका खुल्यो, १२ कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक । प्रकोपले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच भएको सहमती अनुसार नाका पुनः खुलेको हो ।

चीनको स्वाशासित क्षेत्र खाशाबाट छ वटा चिनियाँ मालबाहक कन्टेनरले कपडा र कच्चा पदार्थ मितेरी पुल नजिकै रहेको चाइनातर्फको यार्डमा ल्याई दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालाबहादुर खत्रीले कैलाश खबरलाइ बताए । १२ कन्टेनर सामान आज नेपाल भित्रिएको उनको भनाइ छ ।

नेपाल भित्रिएका उक्त सामानलाई मेडिकल प्रोटोकल पूराएर जाँचपास गरि केही दिन भित्र राजधानी पठाइने भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । आज बेलुकी खासाबाट फेरि छ कन्टेनर सामानसहित मितेरी पुल आइपुग्ने उनको भनाइ छ । नाका २०७२ बैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा बन्द भएको थियो भने नाका २०७६ जेठ १५ गते सूचारु भएको थियो । असारमा बाढीपहिरोका कारण असार २५ गतेबाट बन्द रहेको सो आजबाट पुन सुचारू भएको छ ।

 


Thali Mobile Pvt.Ltd.