भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

ताप्लेजुङको खेबाङमा प्रसुती केन्द्र

ताप्लेजुङको खेबाङमा प्रसुती केन्द्र

फुङ्लिङ, । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो । दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष. टीकाराम गुरुङले जानकारी दिए। ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानअन्तर्गत खेबाङ स्वास्थ्य चौकीमा सेवा प्रारम्भ गरिएको उनले बताए ।

सेवा सञ्चालन गर्न एक ल्याब असिस्टेन्ट र एक अनमी करारमा नियुक्त गरिएको छ । “गाउँपालिकाको वडैपिच्छे सुत्केरी तथा ल्याब सेवा सञ्चालन गर्ने योजना अघिल बढाएका छौँ”, उनले भने । सोही अभियानका क्रममा खेबाङका सात वडामा सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । बाँकी वडामा चाँडै सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.